कञ्चनपुरमा ट्रयाक्टरले किच्दा एकको मृत्यु

Posted on: 26 Feb, 2019

भाष्कर के.सी | फाल्गुन १४, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदीमा गिट्टी चाल्ने काम गर्दै आएका मजदुर बालुवाले भरिएको ट्रयाक्टरमा चढने क्रममा चिप्लिएर लड्दा किचिएर मृत्यु भएको छ ।


भिनपा वडा नम्वर १२ ऐरी महाकाली घाटमा से १ त ३६५० नम्वर को ट्याकटर ऐरीघाटबाट वालुवा वोकर घर फर्केने क्रममा चलिरहेको ट्याक्टर का झुन्डिएर चडने क्रममा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविन्द्र रोकायाले वताउन भयो । 

विहान ट्याक्टर घाटगद्धी वाट वालुवा लोड गरेर फर्केने क्रममा भि.न.पा.१२ भुजेला घर भई ४० वर्षका दिनेश तिरुवाको घटनास्थलमै मृत्यु भएको हो । मृतक तिरुवा सोही स्थानमा वालुवा छान्ने काम गर्दै आईरहेका थिए र अधिक मदिरा सेवन गर्ने उनका सहकर्मी साथीहरुले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भि.न.पा. १७ वासखेडा का ट्याक्टर  चालक लाल सिहं धामी लाई भने नियन्त्रणमा लिएर थप धटनाको अनुसन्धान भईरहेको जनाएको छ । मृतकका ५ छोरी र दुई छोरा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!