मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)

Posted on: 27 Feb, 2019

कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो । 


बैतडीका उच्च भेगहरु खोडपे, सतबाज, श्रीभावर, दार्चुलाको ब्यास क्षेत्र, दुहु त्यसैगरी बझाङ्का उच्च भेग, देउलेक, बित्थड, र डडेल्धुराको स्याउले, भालुमारे लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । 

हिमपातले स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बनेको छ ।  लगातार दुइ दिनको हिमपातले यहा चल्ने सवारी साधन समेत नियमित सञ्चालनमा आउन सकेका छैनन । मंगलबार र बुधबारको हिमपातले बिद्युत सेवा पनि अबरुद्ध भएको छ । 


यस्तै ग्रामिण भेगमा बाक्लो हिमपातले दैनिक कामकाज गर्न समेत अप्ठेरो भइरहेको स्थानियहरुले बताएका छन । लगातारको हिमपातले मेलापात गर्न र अन्य काम गर्न नसकिएको स्थानिय नर बहादुर बिष्टले बताए ।  बेला बेलामा भईरहेको हिमपातले समस्या भएको उच्च लेकाली क्षेत्रमा बसोबास गर्ने  स्थानीयहरुको  भनाइ  छ । 

हिमपातले सिंचाई नभएका ठाउँमा भने सिंचाइको काम गरेकाले हिउँदे बाली तथा तरकारीको उत्पादनमा वृद्धि हुने आशा पलाएको छ  । हिउदे झरी सँगैको हिमपातले सिचाइ अभाव रहेको क्षेत्रमा हिउदे बाली सप्रीने कृषी ज्ञान केन्द्र बैतडीका निमित्त अधिकृत कर्ण बहादुर चन्दले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!