विमानमा पर्यटनमन्त्रीसहित यी छ जना सवार थिए, दुर्घटनापछि जंगलमा आगो लाग्यो !

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।  हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन गरिएको छ । 

बिमान ताप्लेजुङको फक्तालुङ गाउँपालिका र  फुङलिङ नगरपालिकाको बीचमा पर्ने दारेढुंगाको जंगलमा दुर्घटना भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

अहिले घटनास्थलमा ताप्लेजुङका प्रमुख अधिकारीसहितका अधिकारीहरु घटनास्थल नजिक पुगेका छन् ।  प्रशासनका अनुसार अहिले पनि जंगलमा आगलागी भइरहेकाले हेलिकप्टरमा सवार रहेकाहरुको अवस्था पत्ता लाग्न सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!