हेलिकोप्टर दुर्घटना अपडेटः ५ जनाको शव भेटियो

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । 

पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!