मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आए, मृत्युको खबरले बेहोस !

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौँ | ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारी हेलिकप्टरमा काठमाडौं आएका हुन् । 

छोरा अधिकारीको मृत्युको खबरपछी उनीहरु बेहोस भएका थिए । यही क्रममा उनीहरुलाई अस्पताल लागिएको थियो । मन्त्री अधिकारीका पत्नीसहित २ जना छोराहरू पनि छन् ।

मन्त्री अधिकारीसहित ७ जना सवार एयर डाइनास्टीको हेलिकप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ-१० मा दुर्घटना भएको थियो । पाथिभरा मन्दिर दर्शन गरेर फर्केन क्रममा मन्दिरबाट १ किलोमिटर टाढा हेलिकप्टर दुर्घटना भएको हो । खराब मौसमका कारण दुर्घटना भएको गृहले बताएको छ । 

दुर्घटनामा मृत्यु भएकाको शव ल्याउन शुरु

नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । 

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!