विमानस्थल क्षेत्रमा पुनः मौसम विग्रियो, शव काठमाडौँ ल्याउन अझै कुर्नुपर्ने

Posted on: 28 Feb, 2019

फागुन १६, सुकेटार – नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ । 


बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । 

विमानस्थल क्षेत्रमा पुनः मौसम बिग्रेको छ । यसले गर्दा शव काठमाडौँ पठाउन मौसममा सुधार नआउन्जेलसम्म पर्खनुपर्नेछ । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी आजै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले राससलाई जानकारी दिए । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!