शुक्रबार सुनको मुल्य घट्यो

Posted on: 01 Mar, 2019

फागुन १७, काठमाण्डौ । शुक्रबार सुनको सुनको मुल्य घटेको छ । छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!