खोटाङमा सरकारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु हिउँ खेल्न पुगे

Posted on: 01 Mar, 2019

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु गाडी तथा मोटरबाईक लिएर हिउँ खेल्न मुढे पुगेका छन् । बिहीबार बिहान परेको हिउँ खेल्नलाई सरकारी साधन लिएर उनीहरु मुढेमा पुगेका हुन् । ताकि बिहीबार सरकारले सार्वजनिक विदा दिएको थियो ।


सदरमुकाम नजिक रहेको मुढेमा हिउँ खेल्नलाई आधा दर्जनबढी सरकारी साधन कर्मचारीले मुढेमा पु¥याएका थिए । विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाउने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । यद्यपी, बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी मुढेमा हिउँ खेल्नलाई लगेको पाइएको छ ।

यस्तै, हिउँ खेल्नकै लागि बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक मुढेमा पार्किङ गरेको पाइएको थियो । सवारी साधन चलाउने सन्दर्भमा कसैले आफूसँग कुनै जानकारी नलिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । कुनकुन सवारी साधन दुरुपयोग भएको यक्कीन गरी कार्यालयसँग बुझ्ने र स्पष्टीकरण लिने प्रजिअ पौडेलले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!