प्रेस युनियन खोटाङको छैटौं अधिबेशन फागुन २२ मा

Posted on: 01 Mar, 2019

फागुन १७, खोटाङ | प्रेस युनियन जिल्ला शाखा खोटाङको छैटौं जिल्ला अधिबेशन फागुन २२ गते हुने भएको छ । जिल्ला शाखा अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । 


अधिबेशनमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटी आउनुहुने प्रेस युनियन खोटाङका सचिव उत्तम चौलागाँईले जानकारी दिए । प्रेस युनियनमा ४१ सदस्य छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!