बैतडीका स्थानिय तहका सार्बजनिक सुनुवाइ समयमै हुदैनन्

Posted on: 02 Mar, 2019

कृष्ण बिष्ट । फागुन १८ बैतडी । बैतडीका कुनै पनि स्थानिय तहका समयमै सार्बजनिक सुनुवाइ गर्ने गरेका छैनन । स्थानिय तहले गरेका कार्यसम्पादन र सञ्चालनमा रहेका कार्यक्रम तथा आय व्यायको बारेमा सेवाक्षेत्र भित्रका नागरीकहरुलाई जानकारी गराउन प्रत्येक ३÷३ महिनामा गर्नुपर्ने सार्बजनिक सुनुवाइ कुनै स्थानिय तहले गर्ने गरेका छैनन ।  

४ नगरपालिका र ६ गाउपालिका गरी १० सथानिय तह रहेको बैतडीमा कुनै पनि स्थानिय तहले प्रत्येक तिन तिन महिनामा सार्बजनिक सुनुवाइ नगर्ने गरेको जिल्ला समन्वय समिती बैतडीले जनाएको छ । नागरीक हरुसँग नजिक रहनको लागि उचित सुजाव संकलन तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्सीता ल्याउनको लागि सार्बजनिक सुनुवाइ गर्नुपर्ने भएपनि यहाक स्थानिय तहहरुले नगर्ने गरेको समन्वय समिती कार्यालयका प्रमुख नबिन पान्डेले जानकारी दिए । 

तिन तिन महिनामा गर्नु पर्ने सार्बजनिक सुनुवाइ यहाका स्थािय तहहरुले एक आर्थीक वर्षमा समेत नगर्ने गरेको पाइएको छ । 

जिल्लाको सुर्नया गाउपालिकाले १८ महिनाको सार्बजनकि सुनुवाइ गत असौजमा एकै पटक गरेको थियो भने पुर्चाैडी नगरपालिकाले पनि १९ महिनाको सार्बजनिक सुनुवाइ एकै पटक गरेको थियो । सिगास गाउपालिकाले पनि १९ महिनाको सार्वजनिक सुनुवाइ एकै पटक माघ महिनामा सम्पन्न गरेको थियो । यस्तै पाटन नगरपालिका र सिवनाथ गाउपालिकाले पनि १६ महनिाको सार्बजनिक सुनुवाइ एकै पटक गरेका थिए ।

पालिकामा के कती कामहरु सम्पन्न भएका छन सोको जानकारी सेवा क्षेत्रभित्रका नागरकिहरुलाई जानकारी गराएमा विकास निर्माण लगमयत अन्य कार्यक्रम प्रभावकारी एबम नागरीकमुखि हुने दलित अगुवा सरस्वती नेपालीले बताइन ।  नागरीकहरुका सुजाव सल्लाह र गुनासाहरुलाई ग्रहण गरेर कमीकमजोरी सच्याउदै नागरीकमुखि कार्यक्रमको खाचो रहेको उनको भनाइ छ । 

तिन तिन महिनाको र्साजनिक सुनुवाइ  गर्नको लागि भौगोलिक किटता लगायत आवस्यक जनसक्तीको अभावमा काम पनि नहुने गरेकाले सार्बजनिक सुनुवाइ गर्न ढिलाई हुने गरेको सिगास गाउपालिकाका अध्यक्ष हरीस सिँह धामीले जानकारी दिए । कर्मचारी  अभावको कारणले पनि सार्बजनिक सुनुवाइ गर्न नसकीएको पुर्चाैडी नगरपालिकाकी उपप्रमुख जानकी बमले बताउनुभयो । कर्मचारी नहुदा आवस्यक बजेट खर्च गर्न नसकिएको उनले बताइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!