पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

Posted on: 02 Mar, 2019

१८ फागुन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती ९:३५  बजे मृत घोषित गरेको हो । 


१६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो  । नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएर वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन लगायतका योजना ल्याएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!