आज दुबई, कतार, मलेसिया साउदी लगायतका विदेशी मुद्राको मुल्य कति छ ?

Posted on: 03 Mar, 2019

फागुन १९, काठमाण्डौ । आज शुक्रबारको तुलनामा विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ ।

आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ ।

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा छ । यस्तै आज आइतबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर ३ सय १६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७५ पैसा छ । आइतबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!