गूल्मीमा बेबारिसे शब फेला, पहिचान गर्न सकिएन

Posted on: 03 Mar, 2019

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं तीनको बेहोरे सामुदायिक बनमा बेबारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

अन्दाजी ३५ बर्षिय पुरुषको शब चिन्न नसकिने अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाले जानकारी दिए । 

रातो टिसट लगाएको र ब्याग संगै भेटीएकाले शब पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याईएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!