स्वयंवर सकेपछि बेहुली बिवाहमण्डपबाटै गायब, रित्तै फर्किए बेहुला !

Posted on: 04 Mar, 2019

फागुन २०, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका वडा नम्बर ३ यदुकुआमा बिवाहमण्डपबाटै बेहुली फरार भएकी छन् । यहाँकी एक युवतीसँग विवाह गर्न धनुषाकै सबैलाबाट जन्तीसहित बेहुला आएका थिए । आइतबार राति जन्ती आएर विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएपछि गाउँभरि खैलाबैला मच्चिएको छ ।

मधेसी दलित समुदाय अन्तर्गत राम थरका युवा–युवतीबीच आइतबार राति विवाह तय भएको थियो । सोहीअनुसार युवक पक्ष जन्तीसहित विवाह गर्न यदुकुआ पुगेका थिए ।

जन्ती आएपछि युवती पक्षले स्वागत सत्कार गरेपछि मैथिली परम्परा अनुसार विवाहपूर्व हुने स्वयंवर प्रक्रिया पनि सम्पन्न भइसकेको थियो । स्वयंवरपछि युवतीको आँगनमा बनाइएको मण्डपमा अन्य वैवाहिक कार्यक्रम अगाडि बढाउनुपूर्व नै युवती आफ्नो घरबाट गायव भएको इलाका प्रहरी कार्यालय यदुकुआका इञ्चार्ज एवं प्रहरी निरीक्षक भीम खड्काले बताए ।

यद्यपि स्थानीयहरुका अनुसार युवतीको इनर्वातिरका एक युवकसँग प्रेम भएको र उनी प्रेमीसँगै भागेको हुन सक्ने प्रहरीले बतायो । युवती भागेपछि यो विषयले स्थानीय युवा युवतीमाझ विशेष चर्चा पाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!