नागेश्वरमा ५० हजार भक्तजन

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौँ । शिवरात्रिका अवसरमा कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देशविदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन् । आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले बताउनुभयो । 

मन्दिरमा भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्मा पनि सहभागी हुनुभयो । शिवरात्रिका अवसरमा साधुसन्तहरुलाई निःशुल्क भोजन र जल तथा प्रसाद दिइएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!