जलजलामा शिक्षकहरुको प्रतिनिधिसभा बैठक

Posted on: 05 Mar, 2019


पर्वत । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान गरि समाधानका लागि गाउँपालिका सकारात्मक भएको बताए ।

शिक्षकहरुलाई चुनाव जित्न र पार्टिको काममा मात्रै खटाउने तर अवसर आउँदा वास्ता नगर्ने प्रवृतिको अन्त्यका लागि आफुले भूमिका खेल्ने मल्लले बताए ।

 अध्यक्ष मल्लले शैक्षिक विकास र सुधारका लागि गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुबाट सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले शिक्षकहरुको योगदानलाई कसैले भुल्न नुहने बताए । उनले शिक्षकहरु ज्ञानको ज्योती फैलाउने दीप रहेको बताउँदै शिक्षकहरुलाई इमान्दार भएर सेवामा समर्पित हुन आग्रह गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!