पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा

Posted on: 05 Mar, 2019


पर्वत । पैयूँ गाउँपालिका ७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान शुरु भएको छ ।  बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । मोदी गाउँपालिका ८ चित्रे पहिलो बालमैत्री वडा घोषणा भइसकेको छ । 


भोर्लेलाई आगामी २०७६ जेठ महिनाभित्र बालमैत्री शासन सहितको वडा घोषणा गर्ने तयारी रहेको वडा सचिव सरिता परियारले बताइन् ।

बालमैत्री वडा बनाउन ३९ वटा सूचक तय गरेर विभिन्न अभियान चलाईएको छ । वडाभित्रका ३९६ घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय र सार्व्जिनक स्थलमा बालमैत्री संरचना र पूर्वाधार निर्माण गर्ने काम भैरहेको सचिव परियारले बताइन् ।

वडामा हालै आधारभूत सर्वेक्षण गर्दा १९ वटा सूचक पुरा भएको पाईएको छ । अव बाँकि रहेका २० वटा सूचक पुरा गर्ने अभियानमा रहेको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । अरु सुचक पुरा भएपनि अव स्वास्थ्य र शिक्षाका पूर्वाधार तयार पार्न वडा केन्द्रित भएको वडाध्यक्ष गुरुङले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!