शोक प्रस्ताव पारित

Posted on: 05 Mar, 2019

फागुन २१, पोखरा | गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । 


अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो । बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य व्यक्ति तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । 

प्रदेशसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!