प्रचण्डद्वारा पार्कको अवलोकन

Posted on: 05 Mar, 2019

फागुन २१, उर्लाबारी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएको छ । 

नेपालसहित छवटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भन्नुभयो । उहाँले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिनुभएको थियो । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उहाँले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिनुभयो । 

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिंदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!