सरकार ठिक बाटोमा छैन: गच्छादार

Posted on: 06 Mar, 2019

मदन गिरी । फागुन २२, महेन्द्रनगर । नेपाली कांग्रेश पार्टी उपसभापति एंव पुर्व उप(प्रधानमन्त्री विजय कुमार गच्छादारले सरकार सहि बाटोमा नहिडेको आरोप लगाएका छन् । बुधबार प्रेस युनियन कञ्चनपुरले आयोजन गरेको पत्रकार सम्भेलनमा बोल्दै कांग्रेस पार्टी उपसभापति गच्छादारले यस्तो आरोप लगाएको हुन  । 


उनले केपी ओली नेतृत्वको सरकारले तय गरेको समृद्ध नेपाल, सुखि नेपालीको नारा उत्कष्ट भए पनि त्यसलाई कार्यान्वयनको बाटो भने सहि नभएको उनले गुनासो गरे । 

‘मैले प्रधानमन्त्रीसँगको भेट पनि भनेको छु, सरकार अहिले जुन बाटोमा हिडिरहेको छ, त्यो बाटो सही छैन, यसले सरकारको नारा पुरा हुन सक्दैँन’ उनले भने । 

‘सरकार दुई तिहाईको दम्बमा चलिरहेको छ, त्यही आडमा नै राज्यलाई अहित हुने निणर्य समेत पारित गर्ने प्रयासमा छ, यसले संघिय लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाई रहेको छ’ उनले अगाडी थपे । 

देशमा लागु भएको संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट व्यवस्था भएको उनले दावि गरे । 

लामो सयमपछि देशले पाएको उपलब्धीलाई कम्युनिष्ट पार्टीको सरकारले कमजोर पारेको उनले बताए । साथै विकास निर्माण कार्य पनि सरकारले  पक्षपत तरिकाले गरिहेको उनको आरोप छ । कांग्रेसको नेता प्रशिक्षण कार्यक्रम अन्र्तगत उनि मंगलबार कञ्चनपुर आईपुगेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!