हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका रवीन्द्रका अंगरक्षकको पेस्तोल भेटियो

Posted on: 06 Mar, 2019

फागुन २२, ताप्लेजङ ।  ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।

गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका घिमिरेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

उक्त पेस्तोल मंगलबार दिउँसो फेला परेको प्रहरीले जानकारी दिएको छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!