काठमाडौँको स्वयम्भूबाट सिन्धुपाल्चोकका तीन युवक पक्राउ

Posted on: 06 Mar, 2019

फागुन २२, चौतारा (रासस) । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विशेष टोलीले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको सूचना अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । 

सुनसरी जिल्ला बराह नगरपालिका–१ घर भई काठमाडौँ घट्टेकुलो निवासी पीडित नीरज घिमिरेले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वलेफी गाउँपालिका–५ अरनिको राजमार्गको ७४ किलो नजिक रहेको गोरेटो बाटोमा गत पुस १७ गते पीडित घिमिरेबाट रु १० लाख लुटपाट गरी फरार रहेका थिए । पक्राउ परेका आरोपीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!