बिबाह गर्ने भन्दै पटक-पटक सम्बन्ध राखेर छोरा जन्माई अलपत्र पार्ने बिरुद्ध मुद्दा

Posted on: 06 Mar, 2019

फागुन २२, कैलालि | घोडाघोडी नगरपालिका वडा ९ का अध्यक्ष कृष्ण बहादुर शाहको नाममा जिल्ला अदालत कैलालिमा मुद्दा दर्ता भएको छ । ११ वर्ष पहिले पण्डौन घर भएकी कल्पना शाहिलाइ बिबाह गर्ने भन्दै सम्बन्ध राख्ने गरेका शाहले पटक-पटक गरि अहिलेसम्म झुटा आश्वासन मात्र दिदै आएकाले अन्तिम आवस्थामा बाध्य भएर आफुले मुद्दा दर्ता गराउनु परेको पिडित कल्पना शाहिले बताउनु भएको छ ।

सम्बन्ध राख्नु पुर्व नै अध्यक्ष शाह विवाहित हुदा समेत आफुलाइ अविवाहित नै भएको बताउदै सम्बन्ध राख्ने गरेको आफ्नो घरमा लैजान नमानेको र जन्मिएको छोरा पनि आफ्नो नभएको भनेपछि पितृत्व कायम गरी पाउ भनेर मुद्दा दर्ता गरेको पीडित शाहिले बताउनु भएको छ ।

सम्बन्ध पर्श्चात जन्मिएको एउटा सन्तान छोरा भुपेन्द्र शाह अहिले १० वर्षका पूरा पुगेको पीडित शाहीले बताउनु भएको छ । समाजको डरले पहिले आफुलाइ श्रीमती स्विकारेर जमिनको सानो टुक्रामा घर समेत लगाइ दिएका थिए तर त्यहा जंगली हात्तिले तर्साउन थाले पछि अहिले घोडाघोडी नगरपालिका वडा ८ लठुवामा बस्दै आइरहेको र गाउँनजिकै नजिकै रहेको खोलामा गिट्टी कुटेर आफ्नो गुजारा चलाइ रहेको पिडित शाहिले बताउनु भएको छ ।

पटकपटक मात्र आश्वासन दिदै आएकाले र अहिले आएर आफु बाट जन्मेको छोरालाइ समेत नस्वीकार्ने जस्ता कुरा गर्न थाले पछि नाता प्रमाणित गरी पाउ भन्दै मुद्दा दायर गरेकाबताएकी छन।

। निज अध्यक्ष शाह लाइ मुद्दा दर्ता भएको आजका मिती देखि एक महिना भित्र स्वयम आफै जील्ला अदालत कैलालीमा उपस्थीत हुन भनिएको छ । 

यता शाहले भने बिगत जनयुद्द कालको घटना भएको र उतिबेलै यस्को कागजी पकृया भईसकेको जनाए।

पिडित शाहीले भने आफ्नो छोराको स्कुल समेत भर्ना गर्न समस्या भईरहेको तथा आफु संग कुनै सम्पर्कमा नआएकाले आफु बाध्य भएर मुद्दा दर्ता गरेको बताईन।


यस बिषयमा तपाइको प्रतिक्रिया...!