चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा तीन जना घाइते

Posted on: 07 Mar, 2019

फागुन २३, लम्की (रासस) | चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् । 

टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । शाहको निधार र टाउकोमा तथा विकको घुंडामा घाउ छ । 

चितुवा नियन्त्रणको प्रयास जारी छ । प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!