पत्रकार महासंघ पर्वतलाई बाराही ईन्टरनेटले निशुल्क ईन्टरनेट प्रदान गर्यो…

Posted on: 08 Mar, 2019

पर्वत । देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिएको छ ।


पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको आवश्यकता पर्ने भएकोले महासंघको कार्यालयमा निशुल्क ईन्टरनेट सेवा दिइएको प्रा.लि.का पर्वत शाखाका प्रमुख अच्युत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टीकल फाईबर मार्फत इन्टरनेट जडान गरी पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ ।


पर्वतमा इन्टरनेटको पहुँच पुग्न कठिन रहेका दुर्गम ठाउँमा समेत बाराही कम्पनीले ईन्टरनेट बिस्तार गरेर सेवा प्रदान गरिरहेको छ । कम्पनीले पर्वतको कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका र बागलुङ जिल्लाका बिभिन्न ठाउँमा पनि ईन्टरेनटको पहुँच पु¥याएको पर्वत शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।


बाराही ईन्टरनेटको प्रधान कार्यालय पोखरामा रहेको छ । कम्पनीले पोखरा सहित देशका बिभिन्न जिल्लाका बिकट ठाउँहरुमा पनि सूचना प्रबिधिको पहुँच पु¥याएको कम्पनी प्रमुख रबिन सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार कम्पनीले स्मार्ट सिटीको अवधारणा अनुसार बिभिन्न शहरहरुमा आई. सि.टी. को काम गरिरहेको छ ।

भने पर्वतमा पनि यस संस्थाले आम नागरीकलाई इन्टरनेटको पहुँच ल्याउने अभियान चलाएको छ । इन्टरनेट जडान भएपछि सुचानकेन्द्र डटकमसँग कुरा गर्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. लाई धन्यवाद दिनुभएको छ । साथै तिवारीले संस्थाने नेपाल पत्रकार महासंघलाई गरेको सहयोगले पत्रकारीता पेशालाई अझै सहयोग पुग्ने पनि बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!