बैतडीमा बाख्रालाई लखेट्दै बाघ गोठसम्मै पुगेपछि...

Posted on: 08 Mar, 2019

कृष्ण बिष्ट । फागुन २४, बैतडी । बैतडीमा बाघको बच्चा फेला परेको छ । दशरथ चन्द नगरपालिका वडा  नं ५ सुन्दरखालीमा आज बाघको बच्चा फेला परेको हो । स्थानियले जङ्गलमा बाख्रा चराउन लागेको बेला बाख्रालाइ खान खोज्दा घरको गोठ सम्मै बाघ पुग्दा स्थानियले बाघको बच्चालाइ समातेका हुन । स्थानियले बाघको बच्चागोठ भित्रबाटै समातेपछि जिल्ला बन कार्यालयलाई खबर गरेको थिए ।

अहिले उक्त बाघको बच्चालाई जिल्ला बन कार्यायले जिम्मा लिएको छ । बाघको बच्चा समात्ने क्रममा एक जानास्थानिय घाइते भएको पनि जिल्ल प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर दिपक पातलीले जानकारी दिनुभयो । उहाका अनुसार बाघको बच्चा पनि घाइते भएकाले भेटेनरी अस्पताल पाटनमा उपचारका लागि ल्याएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!