कपिलवस्तुमा नारी दिवसको अवसरमा पुरुष पद यात्रा र्याली

Posted on: 08 Mar, 2019

माधव बेल्वासे | फागुन २४, कपिलवस्तु | १०९ श्रमीक महिला दिवशको अवशरमा कपिलवस्तुको चन्दौटामा पुरुष पद यात्रा र्याली गरिएको छ । शिवराज नगरपालिका को आयोजना तथा विभिन्न संघ सस्थाको समन्वयमा चन्द्रौटा वजारमा पुरुष तथा महिला हरुले विभिन्न प्लेकार्ड सहित र्यालीमा सहभागी भएका थिए ।


‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार

 विभिन्न कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइँएको हो । र्याली पश्चात चन्द्रौटा चोकमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले महिलाहरुलाई संविधानले अधिकार दिएका भएपनी कार्यन्वयन नभएको गुनासो गरे । 

कार्यक्रममालाई सम्वोधन गर्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले महिलाहरु एकजुट हुनुपर्ने वताए । महिलाविरुद्ध हुने असमानता र भेदभावको व्यवहार, महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्यबीच भिन्नता अर्थात् महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको हुदा अव महिला पुरुषलाई समान रुपले हेर्नुपर्ने वताए ।

अधिकारकर्मी शुशिला खनालले सरकारले महिलाका अधिकारीलाई कुन्ठीत गर्न नहुने वताएकि छिन । देशमा उच्च स्तरसम्म महिलाको प्रतिनिधित्व रहेकोले महिलाहरुलाई कमजोर सोच्न नहुने वताईन । समृद्ध नेपाल निर्माण गर्ने को लागी महिला हिंसा अन्त्य गर्नुपर्ने धारणा व्याक्त गरिन  । नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!