दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on: 08 Mar, 2019

फागुन २४, तुलसीपुर | दाङमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित हस्तबहादुर डाँगीको घरमा बिजुलीको तार वल्डीङ गरी रेलिङ बनाउने क्रममा कपुरकोट गाउँपालिका–५ पाङबाङ सल्यान घर भई हाल तुलसीपुर–१८ बस्ने दिपेशकुमार विकको मृत्यु भएको छ । 

करेन्ट लागि घाइते भएका विकको उपचारको क्रममा आज प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै आजै घोराही उपमहानगरपालिका–४ सवारीपुरबाट कमिरेचौरतर्फ जाँदै गरेको रा ३ प ३३७५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा १ ख ८९० नम्बरको टिपरले ठक्कर दिँदा बङ्गलाचुली गाउँपालिका–३ बस्ने ५६ वर्षीय ठाकुरप्रसाद महराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!