अर्ना मृतावस्थामा फेला

Posted on: 08 Mar, 2019

राजविराज, २४ फागुन | कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना सप्तरीको कञ्चनरुप नगरपालिकामा मृतावस्थामा फेला परेको छ । 

वडा नं ६ जमुवास्थित गहुँबारीमा मरेको अर्ना फेला परेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । एक महीनादेखि बिरामी अवस्थामा रहेको अर्ना मृतवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । 

मृत फेला परेका अर्नालाई आरक्ष र नेपाली सेनाको टोलीले आरक्षतर्फ लागेको स्थानीयवासी राजकुमार पासवानले बताउनुभयो । गत वर्षको गणनाअनुसार आरक्षमा ४४१ अर्ना रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!