अज्ञात समुहद्वारा प्रदेश सांसद देवकी मल्ल नियन्त्रणमा

Posted on: 08 Mar, 2019

सम्राट सिंह | फागुन २४, बझाङ | अज्ञात समुहले प्रदेश सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको छ । बझाङ जिल्लाको बुङगल नगरपालिकामा संचालन भएको स्वास्थ्य शिविरको उद्घाटन गरी बाट बागथलातर्फ आउँदै गर्दा केदार स्यूँ गाउँपालिकाको पाउटा नजिक सांसद मल्ललाई अज्ञात समुहले नियन्त्रणमा लिएको हो ।

बाटोमा अज्ञात समुहले तपाईसँग विभिन्न विषयमा छलफल गर्नुछ भनेर बोलाएर नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको ३ घण्टापछि छोडेको जनाएको छ ।

प्रदेश सांसद सँगै रहेका नेकपाका नेता प्रमानन्द चिमाडीले बुङगलबाट बागथला तिर आउँदै गर्दा १४ – १५ जनाको अज्ञात समुहले प्रदेश सांसदसँगै आफुलाई पनि नियन्त्रणमा लिएको बताए । 

सांसद मल्ल सँग आफ्नो फोन सम्पर्क रहेको बताउँदै बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कसको समुहले के कति कारणले नियन्त्रणमा लिएको रहेछ अनुसन्धान कार्य जारी रहेको बताए । 

प्रदेश सांसद मल्ललाई विप्लव नेतृत्वको नेपाल कम्न्यूष्ट पार्टीका कार्यकर्ताले नियन्त्रण लिएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रदेश सांसद मल्ल बझाङ जिल्लाको क्षेत्र नम्बर २ अथवा ख केन्द्रबाट विजयी भएकी थिइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!