नवलपरासीमा भएको छुट्टाछुट्टै दूर्घटनामा एकको मृत्यु, २ जना घाइते

Posted on: 08 Mar, 2019

फागुन २४, कावासोती | नवलपरासी पूर्व नवलपुरमा भएको दुर्घटनामा परी एकको मृत्यु भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका–२ मा सिजी सिमेन्ट कम्पनी नजिक दुम्किबासबाट विनयी खोलातर्फ जाँदै गरेको ना ६ त ३०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा प्रतापुर गाउँपालिका–४ बस्ने २८ वर्षीय राकेश चौहानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय नयाँबेलहानीले जनाएको छ । 

यसैगरी कावासोती–८, थकाली चोकमा ना ५ ख ९१६५ नम्बरको ट्रकले ठक्कर दिँदा कावासोती नगरपालिका–३ बस्ने ५० वर्षीय नाथुराम महतो घाइते हुनुभएको छ । उहाँको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै देवचुली नगरपालिका–१७स्थित पूर्व पश्चिम राजमार्गमा काठमाडाँैबाट धनगढीका लागि छुटेको बा १५ च ४७ १४ नम्बरको कारले ना ३ प १५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही स्थानका ५५ वर्षीय शम्भुलाल श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!