काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

Posted on: 08 Mar, 2019

फागुन २४, काठमाडौँ | शङ्खरापुर नगरपालिका–८ धुल्बु नाउपाखास्थित कच्ची बाटोमा मोटरसाइकल दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । 

उक्त गोरेटो बाटोमा बा ४० प ६४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक सोही नगरपालिका बस्ने ३० वर्षीय उमेश केसीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिका–१४ कलङ्की मन्दिर नजिक चितवन भरतपुर महानगरपालिका–९ घर भएकी ४२ वर्षीया बुद्धिमाया लामाको साथबाट आज सुनको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ । दुई व्यक्तिले करीब रु ९० हजार पर्ने सुनको सिक्री लुटेर भागेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!