बैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विस्फोट, कार पूर्णरुपमा ध्वस्त

Posted on: 08 Mar, 2019

फागुन २४, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष  रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट भएको छ ।  


शुक्रबार साँझ ७:४० मा उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ । गाडीको तल केहि राखिएको कारण विष्फोट भएको हुन सक्ने लामाले बताए । साथै विस्फोट के कारणले भएको हो भन्ने विषयमा प्रहरीले छानविन गरिरहेको लामाले साझासबाललाई जानकारी दिए । 

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!