बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक बिद्यार्थीको ज्यान गयो

Posted on: 09 Mar, 2019

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीमा ग्रेडर मसिनको  ठक्कर दिदा एक बिद्यार्थीको मृत्यु भएको छ । भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत २ थलकुडाका  १९ वर्षिय पुर्णनन्द भट्टको  मृत्यु भएको  हो । 

शनिबार साँझ ६ बजे पाटन बजार देखि  एयरर्र्पोटमा काम गर्न  जान लागेको ग्रडर मेसीनले भट्टलाई ठक्कर दिदा घाइते अवस्थामा रहेका उनलाई उपचारका क्रममा लैजादै गर्दा मृत्र्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर गिन्द्र बहादुर बोकटीले जानकारी दिनुभयो । ग्रेडर चालक सहित निर्माणको ठेक्का पाएका  ठेकेदार अहिले  फरार रहेको र उनको खोजी कार्य भइरहेको उहाले बताउनुभयो ।  

पाटनको  भिटा भन्ने ठाउँमा डेरा गरेर पढिरहेका  मृतक भट्ट भिमदत्त पोलिटेक्नीकल इन्चीच्युट  पाटनमा अध्यनरत थिए  । यस्तै ग्रेडरकै कारण दुइ तले  पसलमा पुर्ण छति पुगेको छ  । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!