बैतडीको पाटनमा आइतबार बिहानै देखि आन्दोलन, सवारी साधन ठप्प

Posted on: 10 Mar, 2019

कृष्ण बिष्ट | फागुन २६, बैतडी | बैतडीको पाटनमा शनिबार साँझ ग्रेडर मेसिनको ठक्करबाट  एक बिद्यार्थीको मृत्यु भए पछि आफन्त र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन । 

मृतकका आफन्त र बिद्यार्थीले दोसीलाई पक्राउ गरी छानबिन सहित कार्वाही गर्नु पर्ने र आफन्तलाई उचित क्षतिपुर्तीको माग राख्दै आइतबार बिहानै देखि  आन्दोलनमा उत्रेका हुन । 

आफन्त र बिद्यार्थीहरुले आइतबार बिहानै देखि पाटन बजारमा टायर जलाएर सावारी साधन समेत चल्न दिएका छैनन । आफन्तले शव समेत बुझका छैनन । 

भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत पाटन २ थलकुडाका  १९ वर्षिय पुर्णनन्द भट्टको शनिबार साँझ ६ बजे पाटन बजार देखि एयरर्र्पोट तर्फ जादै गरेको ग्रेडर मसिनको ठक्कर बाट घटना स्थलमै मृत्यु भएको हो । 

चालक फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर गिन्द्र बहादुर बोकटीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!