रोट्याक्ट सप्ताह शुरु, दुई पत्रकार सम्मानित

Posted on: 11 Mar, 2019

शिला पाण्डे/पर्वत । सोमबारदेखि रोट्याक्ट सप्ताह शुरु भएको छ । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसपारी सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरु गरेको हो । सप्ताहव्यापी कार्यक्रमको आज गण्डकी प्रदेशकी सांसद ललितकला गुरुङले उद्घाटन गरिन् ।

उनले क्लबले समाजमा गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गरिन् । १८ वर्षदेखि ३० वर्षभित्र उमेर समुह रहेका युवाहरुको समय अवधि भनेको कुलतमा फस्ने भएको भएपनि पर्वतका युवाहरु भने क्लबमा आवद्ध भएर समाजसेवामा लागेको देख्दा आफूलाई खुसी लागेको उनले बताइन ।

उनले क्लबको प्रशंसा गर्दै आगामी दिनमा पनि यसै समाजिक क्षेत्रमा काम गर्न युवाहरुलाई जोश जाँगर थपियोस् भन्दै शुभकामना व्यक्त गरिन् ।
यहि मार्च १३ तारिखमा विश्व मानै पहिलो पटक रोट्याक्ट क्लब स्थापना भएको अवसर पारि विश्वभर नै रहेका रोट्याक्ट क्लबहरुले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

रोट्याक्ट क्बल अफ पर्वतले सो अवसरमा विभिन्न क्रियाकलाप गरी दिवस मनाउन लागेको हो ।
उद्घाटन कार्यक्रममा पत्रकारीता क्षेत्रबाट क्लबलाई उल्लखनीय योगदान गरेको भन्दै एभिन्यूज पर्वतका सन्तोष थापा, नागरिकका विशन क्षेत्रीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदरनाथ शर्मा, गोपी अधिकारी, क्लबका निर्वतनमान अध्यक्ष आरसी पौडेल, कार्यक्रम मुल संयोजक मिना खड्का लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष गणेश पौडेल टुआरजीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक स्वागत कामना रेग्मीले र संचालन सचिव शिव आचार्यले गरेका थिए ।

त्यस्तै दोस्रो दिन शैक्षिक समाग्री वितरण कार्यक्रम पकुवामा आयोजना गरेको छ । पकुवामा रहेको विरेन्द्र माविमा रहेका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्ने कार्यक्रम रहेको मुल संयोजक मिना खड्काले बताइन् । फागुन २९ अर्थात् मार्च १३ का दिन रोट्याक्ट सेलिब्रेसन, फागुन ३० गते ट्राफिक सचेतना कार्यक्रम मोदी गाउँपालिकामा आयोजना गरिएको छ ।

त्यस्तै युवाहरुलाई लक्षित गरी वित्तिय साक्षरता, कुश्मा कैयाँ झोलुङ्गे पुल र कुश्मा मुडिकुवा झोलुङ्गे पुल परिसरमा सरसफाई र अन्तिम दिन समापन कार्यक्रमको आयोजना गरेको उनले बताइन ।

सो सप्ताहव्यापी कार्यक्रमको लागि १ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ । क्लबले हरेक वर्ष रोट्याक्ट सप्ताह मनाउँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!