विमानस्थल परिसरमा सरसफाइ

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । 

विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोप्नुभएको थियो । सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गराँै भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!