मनोसामाजिक सेवाको प्रभावकारिता

Posted on: 11 Mar, 2019

फागुन २७, सिञ्जा | बहुसांस्कृतिक मनोसामाजिक संस्था ९टिपियो० नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन् । मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिइसकेका छन् । 

गत साउनमा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा १८, मङ्सिरमा २२, पुसमा २३, माघमा २८ र फागुनमा २७ ले सो सेवा लिएको टिपियोका मनोविर्मशकर्ता अप्सरा गिरीले बताउनुभयो । जुम्लामा पारिवारिक तनाव आर्थिक अभाव, सामाजिक विभेद, अध्यनमा कमजोरी, मदिरासेवन र अन्य विभिन्न कारणले मनोमाजिक समस्याका बिरामीको सङ्ख्या वर्षेनी बढ्ने गरेको उहाँको भनाइ थियो । 

दैनिक १३ जनासम्म यस्ता बिरामी आउने गरेका र सेवा लिन आएकामध्ये ८० प्रतिशतको अवस्था सुध्रिएको मनोविर्मशकर्ता नन्दराज आचार्यले जानकारी दिनुभयो । पुराना बिरामी निको भएका र नयाँ बिरामीले उपचारसम्बन्धी जानकारी पाएकाले वर्षेनी बिरामीको सङ्ख्या बढ्ने गरेको पाइएको छ । जिल्लामा १५ देखि ३५ वर्षमुनिका व्यक्तिमा यस्तो समस्या देखिएको छ । 

यस्ता बिरामीमध्ये उदासीन र आत्महत्या प्रयासका बढी मात्रामा पाइएको छ । आत्महत्याको प्रयास गर्नेहरूले अहिले सहज जीवन जिउन थालको मनोविर्मशकर्ता आचार्यको भनाइ थियो ।मनोसामाजिक समस्या भएकाको सङ्ख्या बड्दै गएको र उनीहरुलाई मनोविर्मश सेवा दिई अहिले पहिलेकै अवस्थामा फर्काइएकाले टिपियोले सबैको मन जित्न सफल भएको हो । 

तनावका कारण विभिन्न समस्यामा परेका बिरामीका लागि सेवा दिन विद्यालयमा पनि मनोविर्मश कक्षा र सेचतना जगाउने काम भइरहेको र मनोविर्मश सेवा लिएका मानिसमा फेरि त्यस्तो समस्या दोहोरिने नगरेको सो संस्थाले जनाएको छ । घरायसी वातावरण सहज नभएका बिरामी भने पुनः फर्किएर सेवा लिन आउने पनि गरेका छन् । हाल पुरुष र महिला बिरामीका लागि दुई मनोविर्मशकर्ता भएकाले उपचारमा पपनि सहज भएको छ । जुम्लामा सन् २०१४ देखि सो सेवा सञ्चालन हुँदै आएकामा सन् २०१८ मा २७१ यो सेवा सेवा लिएको मनोविर्मशकर्ता आचार्यले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!