नवलपरासीको सुस्तामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ युवक गम्भीर घाइते

Posted on: 12 Mar, 2019

श्याम थापा | फागुन २८, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा सुस्ता गाउँपालिकाको दुई युवक गम्भीर घाइते भएका छन ।

कुडियाको चोक देखी बाग्मती खडसारी चिनी मिल कुडियाको गेट तर्फ जादै गरेको लु २ त ३१२९ नम्बरको ट्याक्टरले कुडिया बजार देखी चोक तिर आउदै गरेको यु पि ५६ भि ७९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई युवक गम्भीर घाइते भएको हो । घाइते हुनेमा सुस्ता गाउँपालिका वार्ड न ३ गजेरी टोल बस्ने बर्ष २७ को तारकेश्वर चौधरी र सोही स्थानमा बस्ने बर्ष ३२ को श्रीलाल हरिजन रहेका छन । 

घाइते चौधरीको दुई वटै खुट्टा भाचिएको र छात्तीमा चोट लागेको र हरिजनको एक वटा खुट्टा भाचिएको र छात्तीमा चोट लागेको छ भने घाइतेहरुलाई उपचारका लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाएको प्रहरी चौकी कुडियाका इन्चार्ज राजेश नाउँले जानकारी गराउनु भएको छ । 

सो ट्याक्टरको चालक फरार रहेको र ट्याक्टर भने प्रहरीको नियन्त्रणमा रहेको चौकी इन्चार्ज नाउँले बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!