जिल्ला अस्पतालको फार्मेसी बन्द हुँदा बिरामीलाई समस्या

Posted on: 12 Mar, 2019

सम्राट सिंह | फागुन २८, बझाङ | जिल्ला अस्पताल बझाङले संञ्चालनमाल्याएको फार्मेसी बन्दहुँदा बिरामीलाई समस्याभएको छ । फार्मेसी बन्दहुँदाउपचारकालागिजिल्ला अस्पताल आएकाअधिकांश बिरामीहरुले समस्याभोग्नु परेको हो ।

अस्पतालले संञ्चालनमाल्याएको फार्मेसीको साइनबोर्डमायहाँ सस्तो दरमा २४ सै घण्टा गुणस्तरीय औषधी पाइन्छ लेखिएको भएतापनिकहिले यो फार्मेसी खोलिदैन कुनैदिन १० बजे खोलेर चाँडैै बन्दहुने गरेको सेवाग्राहीको गुनासो छ ।

यसरी अस्पतालको फार्मेसी छिट्टै बन्दहुँदाजिल्ला अस्पतालमा उपचारकालागिआउने बिरामीहरुले औषधिकिन्न अस्पताल बाहिर अथवा सदरमुकाम चैनपुरकानिजीऔषधिपसलहरु धाउनु पर्ने अवस्था रहेको छ ।

उपचारकालागिजिल्ला अस्पताल गएकीअम्बिका सुनार भन्छिन साइनबोर्डमाचौबिसै घण्टा गुणस्तरीय औषधि पाइन्छ लेखेको छ तर यो फार्मेसी सधै ५ बजे अगावैै बन्द हुन्छ । जिल्ला अस्पतालले फार्मेसी चौबिसै घण्टा खुला राखेर बिरामीहरुलाई सेवादिनुको साँटो औषधिकिन्नपनि टाढा पठाएर दुःखदिने गरेको उनको भनाइ छ ।

बिषेश गरी जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरु तथा रातीअकस्मातआउने बिरामीहरुलाई औषधिकिन्न अस्पताल बाहिरकानिजिऔषधिपसलमाजान समस्याहुने गरेको जनाएको छ । जिल्ला अस्पतालनजिक एउटा रातीबन्दहुने जिल्ला अस्पतालले संञ्चालामाल्याएको फार्मेसी र बाहिर अन्य २ वटा  निजीऔषधिपसलहरु रहेका छन ।

जिल्ला अस्पतालले जनताको स्वास्थ्यमा खेलवाड नगरी चौबिसै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालनमाल्याएर बिरामीलाई सेवा सुविधादिनुपर्ने समाजसेवी गणेश गिरीले बताए । अस्पतालले सम्पूर्ण औषधिहरु जिल्ला अस्पतालको फार्मेसी भित्रउपलब्ध गरी बिरामीलाई सहजगर्नुपर्ने उनको भनाइ छ ।

कर्मचारी अभावले गर्दा चौबिसै घण्टा फार्मेसी संञ्चालनमाल्याउननसकेको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट दिपक ऐडीले बताए । केहिदिनभित्रै सबै सरोकारवाला हरु सँग छलफल गरी चौबिसै घण्टा फार्मेसी संञ्चालनगर्न पहलगर्ने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!