यूएस बंगलाको विमान दुर्घटनाको १ वर्ष पूरा, जाँचबुझ समितिको निष्कर्ष यस्तो छ

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं | ५१ जनाको ज्यान जानेगरी भएको यूएस बंगला एयरको विमान दुर्घटनाको आज एकवर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते सोमवार दिउँसोको १ बजेर ५७ मिनेटको समयमा विमान दुर्घटनामा परेको थियो । डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइमार्गमा दुर्घटनमा परेको थियो । 

६७ यात्रु र चालकदलका ४ सदस्यसहित ७१ जना बोकेर ढाकाबाट काठमाडौं उडेको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ जना नेपाली २८ जना बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।  

नेपालको हवाइ इतिहासमा त्यो ८५ औं दुर्घटना थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको पहिलो ठूलो दुर्घटना पनि थियो । दुर्घटनाको जाँचबुझ गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले गएको भदौ २० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा यूएस बंगला एयरलाइन्स दुर्घटना मुख्य कारण पाइलटको कमजोरी देखाइएको छ । पाइलटले सामान्य संयमता अपनाउन नसक्दा उक्त दुर्घटना हुन पुगेको समितिले ठहर गरेको छ । पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छाडेको र तत्कालीन अवस्थामा सावधानी नपअपनाउँदा दुर्घटना भएको प्रतिवेदनमा औंल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!