मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, दुइको मृत्यु, १७ जना घाइते

Posted on: 12 Mar, 2019

फागुन २८, हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । 

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी टोली घटनास्थल पुगेको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!