बैतडीमा कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्नेमा पाटन नगरपालिका पहिलो

Posted on: 12 Mar, 2019

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नु पर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन  गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक बिद्यालयहरुमा मंगलबार देखि नगरस्तरीय परीक्षा सुरु भएको हो । 

शिक्षामा गुणस्तरीयता कायम गर्न र शिक्षामा उकरुपता कायम गर्नको लागि नगरस्तरिय परीक्षा सञ्चालन गरेको  नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिए । सामुदायिक बिद्यालयको पठनपाठनलाइ थप प्रभावकारी बनाउनको लागि र परीक्षा सञ्चालन पश्चात कमीकमजोरी पत्ता लागाई उचित पृष्टपोसण सहित गुणस्तरीयता कायम गराउन आवस्यक कार्यक्रम ल्यउने उदेश्यले परीक्षा सञ्चालन गरेको उनले बताए । 

कक्षा १ देखि कक्षा ९ सम्मका सबै प्रश्नपत्र पनि नगरपलिकालै नै निर्माण गरेको छ । शिक्षाको गुणस्तरीयता मापन गर्नको लागि नगरपालिकाले नगर भित्रका सामुदायिक बिद्यालयका बिषय शिक्षकलाई प्रस्न निर्माण समिती भित्र राखेर प्रस्न पत्र निर्माण गरेको जनाएको छ । नगर भित्रका सबै सामुदायिक बिद्यालयहरुका लागि एउटै प्रश्न पत्र निर्माण गरी गुणस्तरीयता मापन हुने नगर प्रबक्ता एबम परीक्षा समितीका संयोजक लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । मंगलबार पहिलो दिन अनिवार्य अग्रेजिको परीक्ष  सम्पन्न भएको छ ।   

कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न लागेको जिल्लाको पहिलो नगरपलिका पाटन नगरपालिका हो । जिल्लाका अन्य स्थानिय तहहरुले कक्षा ८ को मात्रै नगरस्तरीय परीक्ष सञ्चालन गरीरहेका छन । 

५८ सुपरीबेक्षक परीचालन 

नगरपालिकाले परीक्षालाई मर्यादित बनाउनको लागि  ५८ सुपरीवेक्षक परीचालन गरेको छ । कक्षा ५ र ८ को परीक्षालाई नगरस्तिरीय परीक्षाको रुपमा सञ्चालनग गरेकोले ६४ वटा सामुदायिक बिद्यालयहरु मध्ये कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने सामुदायिक बिद्यालयका लागि सुपरीबेक्षक परीचालन गरेको हो ।

“नगरपालिकामा रहेका ६४ सामुदायिक बिद्यालय मध्ये कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुने ६ वटा बिद्यालय छन,  ति बिद्यालयमा सुपरीबेक्षकको आवस्यकता परेन” नगर प्रबक्ता एवम नगर शिक्षा समितीका संयोजक लोक बहादुर भण्डारीले भन्नुभयो, “बाकी कक्षा १ देखि ८ सम्म पढाइ हुने बिद्यालयका लागि सुपरी बेक्षकको रुपमा खटाए छौ” । कक्षा ५ र कक्षा ८ को परीक्षाको उत्तर पुस्तीका नगरपामलिकाले जाँच्ने भएकाले सुपरीबेक्षण खाटाएर कडाइ गरीएको उहाले बताउनुभयो । 

नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा नै अध्यापन गराउने शिक्षकहरुलाई नै सुपरीबेक्षकको रुपमा खटाइएको छ । कनै सम्बन्धित बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई अर्काे बिद्यालयमा सुपरीबेक्षकको रुपमा खटाइएको सिक्षा समिती सदस्य धन बहादुर महराले जानकारी दिए ।  

परीक्षालाई मर्यादित र ब्यवस्थीत रुपमा सञ्चालन गर्नको लागि ५८ वटा सुपरीबेक्षक खटाए सँगै थप अनुगमन गर्नको लागि ६ जाना परीक्षा समितीका पदादीकारी सहित १० वटै वडाका वडाअध्यक्षहरु अनुगमनकर्ताको रुपमा रहने परीक्षा समितीका सदस्य महराले जानकारी दिए ।

परीक्षा सञ्चालनमा केन्द्रध्यक्षको रुपमा सम्बन्धित बिद्यालयका प्रद्यानाध्यापकलाई जिम्मेवारी दिइएको छ । परीक्षा सम्पन्न गरीसकेपछि  कक्षा ५ र ८ को उत्तरपुस्तीका सम्बन्धित बिद्यालयले नगरपालिकामा पठाउनुपर्नेछ । तत्पाश्चात नगरपालिकाले कक्षा ५ र ८ को उत्तर पुस्तीका चेक जाँच गरी परीक्षाफल तयार पार्नेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!