शुसासन र बिकास सम्बन्धी सञ्चारकर्मीलाइ तालिम

Posted on: 12 Mar, 2019

लक्ष्मी अर्याल | फागुन २८, गुल्मी | शुसासन र बिकास सम्बन्धी २ दिने तालिम आज तम्घास गुल्मीमा सम्पन्न भएको छ । राष्टिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहि जिल्लाका रेडियो, टेलिभिजन, अनलाइन, तथा विभिन्न पत्रपत्रिकामा कार्यरत करिब २० जना सञ्चारकर्मिको सहभागिता रहेको थियो । उक्त तालिममा प्राध्यापक रामकृष्ण रेग्मी,सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुलीले सहजिकरण गर्नुभएको थियो । 

तालिम शुसासन र बिकासमा केन्द्रित रहेको थियो । कार्यक्रमको हिंजो रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले उद्याटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भुषालले राजनिति पुर्वाग्रह त्यागेर पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । 


त्यस्तै पत्रकारले राम्रा कुरा भन्दा पनि नकरात्मक कुराहरु बढि प्रचार गर्ने भएकाले नागरिकमा निराशा छाएका कारण राम्रा तथा नराम्रा कुरालाइ उत्तिकै महत्व दिएर प्रचार गर्न आग्रह गर्नुभयो । त्यस्तै अन्तिम दिन आज प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र वितरण तथा एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!