आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

Posted on: 12 Mar, 2019

फागुन २८, ओखलढुंगा | ओखलढुंगामा आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जेल सजाय गरिएको छ ओखलढुंगा  गरेको छ । 

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । 

प्रहरीका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो । 

मुलुकी अपराध संहिता कार्यान्वयनमा आएपछि  कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही हो । यसअघि पनि अभियुक्त पुर्पक्षका लागि कारागारमा थिए । 

प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । 

उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाले अधिकारकर्मीको सहयोगमा बाबुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी गरेकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!