विप्लवको बन्दले प्युठानको जनजीवन प्रभावित, दुई स्थानमा संस्कास्पद बस्तु भेटियो !

Posted on: 14 Mar, 2019

फागुन ३०, प्यूठान । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ ।  

माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले विहान ४:३० बजे सडक निगरानीको क्रममा उक्त संकास्पद बस्तु भेट्टाएको थियो । जसलाई नेपाली सेनाको समुहको बम डिस्पोजल टोलीले निस्पोज पारेको छ । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ ।  

नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । 

यसैबीच विप्लवको गतिविधिलाई मध्यनजर गर्दे जिल्लाको सुरक्षा व्यवस्था कडा वनाइएको प्रहरीको भनाई रहेको छ

नेपाल बन्दलाई लक्षित गरि प्युठान प्रहरीले सुरक्षा सर्तकता वढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!