विप्लवको बन्दले उपत्यकामा यस्तो प्रभाव देखियो

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले काठमाडौं उपत्यकामा पनि आंशिक पारेको छ ।

बिहानैबाट निजी सवारी साधन निर्वाध रुपले चले पनि सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।


शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रत्यक्ष प्रभाव परेको छ । कलेज तथा विद्यालय पूर्ण रुपमा ठप्प छ ।

नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् ।

विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् । पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध लगाएको भन्दै यसको विरोधमा विप्लप समुहले बन्द गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!