किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष गोमा कांग्रेसमा

Posted on: 14 Mar, 2019

फागुन ३०, खोटाङ | किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष तथा समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई खोटाङ कांग्रेसमा प्रवेश गरेकी छन् । राई पत्रकारहरुको संघ हाकिरहेकी राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।  


सङ्घीय समाजवादी फोरम निकट उनी कांग्रेसको आस्था र विचारप्रती आफू सहमत भएको भन्दै बुधबार साँझ कांग्रेसमा आएका हुन् । तत्कालिन अग्रगामी विधार्थी युनियन खोटाङका संस्थापक कोषाध्यक्ष समेत रहेका उनलाई खोटाङ कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, तरुण दल अध्यक्ष भिषण राई, उपाध्यक्ष सन्जय कुमार राई, नेविसंघका जिल्ला अध्यक्ष राजकुमार वस्नेत लगायतले अविर लगाई खादा ओढाएर कांग्रेसमा भित्रयाएका छन् । 

यस्तै, समाजवादी विधाथी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी नगर संयोजक भूमिका राई पनि कांग्रेसमा प्रवेश गरेकी हुन् । संङ्घीय समाजवादी फोरमको आगामी चैत्र २ गते हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरी प्रथम नगर अधिबेशनका मुखमा विधार्थी नेताले पार्टी परित्याग गरेको पाइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!