मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on: 16 Mar, 2019

चैत २, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । 

तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ पानवारी निवासी १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते ठाकुरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!