पाँचथरमा भएको आगलागीमा ६ घर ध्वस्त,

Posted on: 17 Mar, 2019

कमल घिमिरे।चैत्र ३।पाँचथर,  पाँचथर को हिलिहाङ गाउँपालिका मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।
 शनिबार  दिनको १:३०बजे  हिलिहाङ गाउपालिका वडा नं.३ ढोडेटोल स्थित रातेभिरमा आगलागी हुँदा रातेभिर नजिकै रहेको ६ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय वेदमाया पौडेल ,मन प्रसाद पालुङवा लिम्बु, राज कुमार पालुङवा लिम्बु, डम्बर बहादुर पालुवा लिम्बु र हर्क बहादुर लिम्बुको घर जलेर नष्ट भएको हो।
   जिल्ला प्रहरी कार्यालय पाँचथर, ईलाका प्रहरी कार्यालय अमरपुर, प्रहरी चौकी गोपेटार बाट खटिएको प्रहरी टोली, नेपाली सेना, सशस्त्र  प्रहरी बल  तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। 
 भिरमा लागेको आगोलाई नियन्त्रण लिदा लिदै हावाको वेगले एक्कासी घरमा आगो प्रबेश गरेको प्रहरी चौकी गोपेटारको ईन्चार्ज प्रहरी सहायक निरीक्षक शान्तराज पौडेलले बताएका छन् ।
आगलागीमा घर भित्र रहेका सरसामनहरु सबै जलेर नष्ट हुँदा अन्दाजी ४१ लाख मुल्य बरावरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!